न्युजिल्यान्डमा नेपालीहरुको फुटबल टिमले पाएको सफलता

न्युजिल्यान्डमा नेपालीहरुको फुटबल टिमले पाएको सफलता

बिराटनगर चैत्र ६ , न्युजिल्यान्डको विलिङ्टनमा आयोजित फुटबल प्रतियोगितामा नेपालीहरुको फुटबल टिम विजयी भएको छ । कल्चर किक्सू कार्यक्रममा नेपाली फुटबल टिम "सगरमाथा" विजयी भएको टिमका सदस्य रोशन कार्कीले जानकारी दिए ।

उक्त प्रतियोगितामा नेपाली टिमले जितेको यो पहिलो प्रतियोगिता रहेको कार्कीले बताए ।
प्रतियोगितामा विलिङ्टनमा बस्ने विभिन्न देशका स्थानीय टिमको सहभागीता रहेको थियो । मलेसिया , अफगानिस्तान , कोलम्बिया , फिजी , सोमालिया लगायतका देशका मानिसहरुले प्रतियोगितामा खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्