विश्व मुख स्वास्थ्य दिवसका निःशुल्क दन्त शिविर

विश्व मुख स्वास्थ्य दिवसका निःशुल्क दन्त शिविर

विराटनगर ६ चैत ।
हरेक बर्षको मार्च २० तारिखलाई विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा बिराटनगरमा रहेका विभिन्न सामाजिक सेवामा संग्लन सस्थाहरुले निशुल्क दन्त शिविर संचालन गरेका छन् । विराटनगर लेडिज सर्कल, विराटनगर प्लाटिनम राउन्ड टेबल ११ को संयुक्त आयोजनामा सोमबार निमुवाको सरस्वती सदन आधारभुत बिद्यालयका निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो ।
दन्त शिविरमा डाक्टर अंकिता अग्रवालले विद्यार्थी तथा शिक्षक कर्मचारीको दन्त परिक्षण गर्नु भएको थियो । शिविरमा एक सय बालबालिकाले दन्त परिक्षण गराएका थिए । दन्त परिक्षण पछि उनीहरूलाइ ब्रस तथा मञ्जन वितरण गरिएको छ । कक्षा ६,७ र ८ का दुई सय बालिकालाई सेनिटरी प्याड वितरण गरी महिनावारी बारे सचेततना अभियान संचालन गरिएकोे विकास वेगवानीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्