भारतले नेपाललाई दिने बार्षिक सहायतामा ७३ प्रतिशतले वृद्धि

भारतले नेपाललाई दिने बार्षिक सहायतामा ७३ प्रतिशतले वृद्धि

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई दिने बार्षिक सहायतामा ७३ प्रतिशतले वृद्धि गरेको छ । भारतले बार्षिक सहायता बढाउँदै नेपाली रुपैयाँ ६ सय ५० करोड पु¥याएको छ ।

टाइम्स अफ इण्डियामा बुधबार प्रकाशित समाचार अनुसार, सन् २०१८–२०१९ का लागि भारतले नेपालका लागि यो सहायता रकम छुट्टयाएको हो । सन् २०१७–२०१८ आर्थिक बर्षका लागि ३ सय ७५ करोड छुट्टयाएको थियो ।

सो पत्रिकाका अनुसार नेपालमा चिनियाँ उपस्थिति र प्रभाव बढेको भन्दै भारतले बार्षिक सहायतामा उल्लेख्य बृद्धि गर्ने निर्णय लिएको हो ।

भारतबाट छिमेकी राष्ट्रमा सबैभन्दा बढी बार्षिक सहायता पाउनेमा भुटान छ । भुटानले यस बर्षका लागि १८ सय १३ करोड बार्षिक सहायता पाएको छ । भारतको सहायता छनोटको दोश्रो सूचीमा नेपाललाई राखिएको हो ।

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरको सहकार्य गर्ने बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीसँग गरिएको सोही प्रतिवद्धताअनुसार भारतले नेपाललाई बार्षिक सहायतामा उल्लेख्य बृद्धि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्