मच्छड धूपबाट सावधान !

मच्छड धूपबाट सावधान !

काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ ।  मच्छडको टोकाइबाट बच्न केही घरेलु उपायको सहारा लिन सकिन्छ । मच्छड धूपमा भएको रेपेलेन्टले मानिसको स्वास्थ्यमा हानि गर्छ । दैनिक सातघण्टा भन्दा लामो समय यस्तो धूपमा बस्दा श्वासप्रश्वासका माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ । त्यसैले यसको विकल्पमा घरेलु उपाय अपनाउनुस् ।

मच्छडको टोकाइबाट बच्न सर्स्यू या नीमको तेल बाल्न सकिन्छ । कोठामा कपुर जलाएर पनि मच्छड भगाउन सकिन्छ । त्यस्तै, लेमन ग्रासको पात जलाएर पनि मच्छड भगाउन सकिन्छ । मच्छडबाट बच्न दराज व ाझ्यालमा गाढा रंगको प्रयोग गर्नुहुँदैन ।एड्जस्ट फ्यान चलाएर सुत्न सकिन्छ । मच्छडदानी तथा झ्यालमा जाली गर्न सकिन्छ ।नयाँ पत्रिकाबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्