कश्मिर, चैत १९ । भारत प्रशासित जम्मु कश्मिरको दक्षिणी शोपिया जिल्लामा भएको संघर्षमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समुहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ ।
कम्तिमा ७० जना घाईते भएका छन् ।
सुरक्षाकर्मीले गरेको कारवाहीका समयमा स्थानीयले प्रदर्शनसमेत गरेका थिए ।
प्रदर्शनका क्रममा हिंसा भड्किंदा प्रहरीले चलाएको गोली लागेर तीन जना सर्वसाधारण मारिएका छन् । एक जना लडाकुले आत्मसमर्पण गरेको अधिकारीहरुले जनाएका छन् ।
संघर्षका कारण करिब ३ हजार जनसंख्या रहेको गाउँमा स्थानीय फसिरहेका छन् ।
कश्मिरको दक्षिणी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी र लडाकुबीच संघर्ष चल्दै आएको छ । (एजेन्सी)