नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन

नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन

जोहानेसवर्ग, चैत २० । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ ।

नेल्सन मण्डेला जेलमा रहँदा वर्षौंसम्म रंगभेद विरोधी आन्दोलनमा विनी मण्डेलाको ठूलो प्रभाव थियो ।

प्रशिक्षित सामाजिक कार्यकर्ता समेत रहेकी उनी केही समय जेलसमेत परेकी थिइन् । सन् ८० को दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप उनीमाथि लगाइएको थियो ।

सन् १९९० मा मण्डेला लामो जेलबाट रिहा भएको केही वर्षभित्रै उनीहरुको सम्बन्ध बिग्रियो । सन् १९९६ मा उनीहरुबीच पारपाचुके भएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्