मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

वासिङ्टन, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा यसअघि नै गरेका छन् । सो घोषणा कार्यान्वयनमा भने उनलाई संसदले साथ दिएको छैन ।

बाल्टिक देशका नेताहरुसँगको लञ्चपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेक्सिकोले आप्रवासीको आवतजावत नरोकेसम्म उत्तरी अमेरिका निःशुल्क व्यापार सम्झौता खतरामा रहन्छ ।’ (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्