अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु

अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु

बीबीसी । अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु भएको स्थानीय मिडिया रिपोर्टले जनाएको छ । मृत्यु हुनेको सङ्ख्या २०० पुग्न सक्ने आशंका गरिएको छ ।

टिभी न्युजले बताएअनुसार घटनास्थलमा अहिले १४ वटा एम्बुलेन्सहरु पुगिसकेका छन् भने घाइतेलाई अस्पताल लाने क्रम पनि जारी रहेको बताइएको छ । बुधबार बिहान राजधानी नजिकै बोउफरिक सैन्य विमानस्थलमा सो विमान दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ । घटनास्थलको भिडियोमा चारैतिरबाट धुँवा आइरहेको मात्र देखिएको बताइएको छ ।
चार वर्षअघि पनि अल्जेरियामा यसरी नै सेनाको विमान दुर्घटना हुँदा ७७ को मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्