पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच पाकिस्तानी सैनिकको मृत्यु

अफगानिस्तान–पाकिस्तान बोर्डरमा अफगानिस्तानका कबायलीले पाकिस्तानी सेनाका पाँच जवानको हत्या गर्नुका साथै एक सैनिकलाई बन्दी बनाएका छन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबीबीले बीबीसीलाई बताएअनुसार मारिएका जवानको शव पाकिस्तान फौजलाई बुझाइसकिएको छ ।

गएको हप्ता सुरु भएको यो झडप अहिले सकिएको छ । यसका कारण अफगानिस्तानको सीमामा पाकिस्तानको तर्फबाट आन्तरिक द्वन्द्व भएको बताइएको छ । अफगानी अधिकारीहरुका अनुसार झडपमा अफगानिस्तानका दुई आम नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

अफगान अधिकारीका अनुसार पाकिस्तानी सैनिक अफगानिस्तानको इलाकामा उपस्थित भएका थिए । यसैकारण सीमामा तैनाथ अफगानी सैनिक र स्थानीय कबायली व्यक्तिहरुले गोली चलाएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्