इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेकाअनुसार यस भूकम्पका कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्न १३ः२८ बजे आएको यो भूकम्प ४.४ म्याग्निच्यूडकोमात्र भएको त्यहाँको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

तर, भूकम्पको केन्द्रविन्दु चार किलोमिटरमात्र गहिराइमा नै रहेको हुनाले बढी क्षति भएको बताइएको छ ।

यस भूकम्पका कारण ३१६ घर, चार मस्जिद र दुईओटा विद्यालय भवन क्षतिग्रस्त भएको बताइएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार १०४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा सयौंको संख्यामा उद्धारकर्ता, सेना र स्थानीय बासिन्दाले सहयोग गरिरहेको समाचारमा उल्लेख छ । इन्डोनेसिया बारम्बार भूकम्पले सताउने देशको सूचीमा पर्दछ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्