उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने

उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने

उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने भएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु जरुरी नभएको बताएको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाको समाचार संस्था योन्हपले २१ अप्रिलदेखि उत्तर कोरियाले मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने निर्णय गरेको जनाएको छ ।

उत्तर कोरियाली सत्तारुढ दल वर्कर्स पार्टीको बैठकले मिसाइल परीक्षण नगर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।

परमाणु हतियार कार्यक्रम चलाएको आरोपमा उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउँदै आएको छ ।

गत नोभेम्वरमा उत्तर कोरियाले अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको थियो ।

यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्षम रहेको दाबी उत्तर कोरियाले गरेको थियो । यो परीक्षणपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियाको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन आह्वान गरेको थियो ।

उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण नगर्ने घोषणा गर्नुअघि अमेरिकी गुप्तचर निकायका निर्देशक माइक पोम्पियोले उत्तर कोरियाली शासकसँग गोप्य भेटघाट गरेका थिए ।

पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच प्रत्यक्ष वार्ताको वातावरण बताएका थिए ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच पनि पछिल्ला दिनमा सम्बन्ध सुधार हुँदै गएको छ ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्