विश्वकै ज्येष्ठ महिला ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन

विश्वकै ज्येष्ठ महिला ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन

विश्वकै ज्येष्ठ महिला जापानकी नवी ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन भएको छ ।

चार महिनादेखि अस्वस्थ रहेकी ताजिमाको उपचारकै क्रममा निधन भएको हो ।

सन् १९०० अगष्ट ४ मा जन्मिएकी ताजिमाका १ सय ६० जनाभन्दा बढी सन्तान छन् ।

७ महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि ताजीमा विश्वकै ज्येष्ठ महिला बनेकी थिईन् ।

ताजिमाको निधनपछि अब जापानकै १ सय १६ वर्षीया शियो योशिदा विश्वकै ज्येष्ठ महिला बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्