फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु

फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु

बीबीसी । निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ ।

बीबीसीका अनुसार स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनले खिचेको भिडियो अहिले भाइरल भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । भिडियोमा स्थानीयको विरोध प्रदर्शन भइरहेको बेलामा मेयरको कार्यालयमा भएको क्षतिका बारेमा उनले प्रत्यक्ष प्रशारण गरेका थिए । अचानक चलेको गोली लागेर उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्