हतियार सहित ७ जना भारतीय लागु औषध कारोबारी बिराटनगरमा पक्राउ

हतियार सहित ७ जना भारतीय लागु औषध कारोबारी बिराटनगरमा पक्राउ

विराटनगर, १२ वैशाख ।
पछिला दिनमा भारतबाट नेपाल तर्फ लागु औषधको अबैध कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराती बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठुलो परिमाणको लागुऔषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राती करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थामा ठुलो परिमाणको लागु औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा भारतको वथनाहाका रोहित कुमार शर्मा, फारबिसगंजका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेबी यादव, सिमराहाका प्रकाश कुमार दास, रानीगंजका रन्जीत कुमार शर्मा र बरारभत नाजाका सुरजनारायण यादव रहेका छन् । पक्राउ परेका उनीहरु बिराटनगर महानगरपालिका ४मा रहेको नोवेल मेडिकल कलेज अगाडी नहरको डिलमा भारतीय तीनवटा मोटरसाईकल सहित पक्राउ परेका हुन । प्रहरीले प्रमोद भन्ने विनोदको साथबाट अमेरिकन पेस्तोल एक थान सहित त्यसमा लाग्ने ६ थान गोली बरामद गरेको छ । हतियार सहित आएका उनीहरुको साथबाट ठुलो परिमाणको लागु औषध बरामद गरेको हो । यसरी बरामद भएको लागुऔषधमा एभिल एक हजार ७ सय १७ एम्पुल, डाईजेलाभ पाँच सय , स्प्रास्मो प्रोक्सिभन एक हजर ७ सय ७६ चक्की, नाईट्रोशन ट्याब्लेट ७ सय २५ , फेनारगर १ सय २५, डाईलेक्स डिसी १३ बोतल बरामद गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ वटा भारतिय मोटरसाईकल, ६ सेट मोवाईल, एक सेट स्वचालित हतियार र त्यसमा लाग्ने म्यागेजिन सहित ६ राउण्ड गोली बरामद भएको हो । यसरी हतियार सहित लागु औषध फेला परेको मोरङमा पहिलो घटना भएको हुनसक्ने प्रहरकिो भनाई छ । यसमा महिलाको समेत संलग्नता रहेको मोरङका प्रहरी उपरिक्षक अरुणकु्मार बिसीले जानकारी दिए । यस घटनामा एकजना भारतीय महिला पनि पक्राउ परेकी छिन् । उनका अनुसार ठुलो मात्रामा लागुऔषध फेला परेकोले यो मोरङ या बिराटनगरको लागि मात्र नभई बाहिरी जिल्लाको लागि लग्दै गरेको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्