विराटनगरमा एकै रात डाक्टर घर देखि क्याम्पससम्म चोरी, चोरीको शैली एकैखालको

विराटनगरमा एकै रात डाक्टर घर देखि क्याम्पससम्म चोरी, चोरीको शैली एकैखालको

प्रेम देवान
विराटनगर १२ वैशाख ।
विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घट्नामा बृद्धी हुँदै जानथालेको छ । यसरी दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीलाई यस बिषय टाउको दुखाई बन्दै गएको हो । विराटनगरमा गएराती मात्र दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ । विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिकै एक डाक्टरको घरमा चोरी भएको छ भने महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा पनि चोरी भएको छ । महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको हो ।विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राखिएको सिसि क्यामारा समेत जडान गरिएको छ तर उक्त सिसी क्यामेराको तार समेत काटेको क्याम्पस प्रशासनले जनाएको छ । सिसि क्यामेरामा चोरलाई स्पष्ट देख्न सकिन्छ तर को हो भन्ने चाही स्पष्ट नभएको जनाईएको छ ।

यसैविच विराटगरको गोल्डेन हस्पिटलमा कार्यरत डा संजिव कुमार ठाकुरको घरमा गएराती चोरी भएको छ । घरमा कोही नभएको मौका पारी रातको समयमा चोरहरुले घरको पर्खाल नाघेर घरमा चोरी गरेको देखिन्छ । चोरहरुले घरमा रहेको ग्रिल र ढोकामा लगाएको ताल्चा तोडी चोरी गरेका थिए । डाक्टर सुत्ने कोठामा रहेको स्टिल दराजको ताला तोडेर सुनका गरगहना चोरी गरेका थिए ।

चोरहरुले सुनको ३ वटा ब्रास्लेट एक थान सुनको सिक्री चोरी भएको डाक्टर ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार ‘हामीहरु काम विशेषले विराटनगर बाहिर गएका थियौ । बुधबार विहान घर फर्कियौँ, घरमा आईपुग्दा मेन गेटमा हामीले लगाएको ताल्चा जस्ताको त्यस्तै थियो तर ग्रिल र ढोकाको ताल्चा भने तोडेको थियो ।’


उनले चोरी भएको घटनाबारे तत्काल मोरङ प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यलयको अनुसन्धान टोली तत्काल आएर अनुसन्धान सुरुगरेको छ । दुवै घटनाको बारेमा प्रहरीले चोरी गर्नेहरुको हुलिया पत्ता लगाएर गोप्य रुपमा अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी सुरेन्द्र सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्