विराटनगर–तरहरा मोनोरेल संचालनको तयारी, ७ अर्बको लगानीमा तीन बर्षमा पुरा गर्ने योजना

<span class='c1'>विराटनगर–तरहरा मोनोरेल संचालनको तयारी, ७ अर्बको</span> <span class='c2'>लगानीमा तीन बर्षमा पुरा गर्ने योजना</span>

विराटनगर, १३ वैशाख ।
विराटनगर देखि सुनसरीको तरहरासम्म मोनोरेल संचालनको लागि प्रारम्भिक गृहकार्य शुरु भएकोछ । बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोनोरेल संचालनका लागि प्रक्रिया थालेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तयारी छ । कम्पनीका अनुसार करिब २ सय किलोमिटरको गतीमा कुद्ने वातावरण मैत्री बिद्युतीय मोनोरेलमा विराटनगर देखि तरहरापुग्न १० देखि १५ मिनेट लाग्ने बताईएको छ । कम्पनीका अनुसार पहिलो चरणमा करिब ९ सय यात्रु अटाउन सक्ने मोनोरेल संचालन गर्ने लक्ष्य छ । मोनोरेल संचालनका लागि चाँडै नै सम्भाब्यता अध्ययन गरिने सो कम्पनीका अध्यक्ष परमानन्द मेहताले बताए ।निजी क्षेत्रको पहलमा स्वदेशी तथा विदेशी संयुक्त लगानीमा मोनोरेल चलाउने योजना अघि सारिएको छ । सो योजनाका लागि करिब ७ अर्ब रुपैँया लागत लाग्ने प्रारम्भीक अनुमान कम्पनीले गरेको छ । कम्पनीका संचालक रञ्जीत झाका अनुसार बिराटनगर–धरान सडकखण्डमा ब्यापारीक मार्गको माथिबाट लिक बनाएर रेल संचालन गरिने योजना छ । त्यसका लागि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका र ईटहरी उपमहानगरपालिकासँग समन्वय गरेर चाँडै नै सम्भाब्यताको अध्ययन थालिने झाले बताए । करिव ६ महिना भित्र सम्भाब्यता अध्ययन सकेर बाँकी प्रक्रिया अघि बढाईने छ । निर्माण थालेको ३ बर्षमा काम सकेर मोनोरेल संचालन गर्ने कम्पनीको योजना छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केही महिना अघि मोनोरेल संचालन बारे सो कम्पनीका प्रतिनिधिसँग प्रारम्भीक छलफल भएको जानकारी दिए । उनले भने, त्यसबारे विस्तृत छलफल हुनै बाँकीछ, उहाँहरु आउनुभयो भने छलफल गर्न सकिन्छ । विराटनगरका अलावा काठमडाँमा पनि मोनोरेल र मेट्रोरेल संचालनको गृहकार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्