कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती नाका जोगवनीका लागि हिँड्यो

<span class='c1'>कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती</span> <span class='c2'>नाका जोगवनीका लागि हिँड्यो</span>

विराटनगर,१३ वैशाख ।
नेपालको पूर्वी नाका विराटनगर पनि भारतीय रेल सञ्जालसँग जोडिएको छ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ । अहिलेसम्म वीरगञ्ज नाकामामात्र सीमित मालवाहक रेल सेवा अब विराटनगरमा पनि उपलब्ध हुने भएको छ ।
तेस्रो मुलुकबाट नेपालका लागि आएका ५८ कण्टेनर बोकेर मालवाहक रेल कोलकाताबाट हिँडेको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । विराटनगर नाका पनि रेलवे सञ्जालसित जोडिएपछि यसबाट नेपालको वैदेशिक व्यापार थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ । भारतीय जोगवनीको बथनाह स्टेसनमा रेलमार्फत आएको मालसामान अब व्यवसायीले त्यहाँबाट बिराटनगर भित्र्याउन सक्छन् ।
कोलकता बन्दरगाहबाट कण्टेनर लिएर बथनाहा आइपुगेपछि त्यहाँबाट व्यवसायीले ढुवानीका अन्य साधनमार्फत कण्टेनर ल्याउनु पर्छ । वाणिज्य मन्त्रालयको प्रशासन, निर्यात प्रवद्र्धन, व्यापार तथा पारवहन महाशाखाका प्रमुख रविशङ्कर सैजुले कोलकाताबाट जोगवानीका लागि मालवाहक रेल सेवा शुरु भएको बताए । यसबाट पूर्वी नाकाबाट हुने वैदेशिक व्यापार सहज हुने दाबी सैजुको छ । ‘विगतदेखि नै सीमावर्ती नाकाहरूमा रेल सेवा विस्तारको प्रयास भइरहेको थियो । विराटनगर रेल सेवासित जोडिनु व्यापार प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण कुरा हो,’ सैजुले भने ।
भारतीय कण्टेनर निगम लिमिटेड (कोन्कर)ले गत मार्चदेखि जोगवनीसम्म रेल पु¥याउने योजना राखेको थियो । आन्तरिक तयारी र आवश्यकीय समन्वय मिलाउँदा केही विलम्व भएको कोन्कोरका पूर्वी क्षेत्रीय कार्यालय कोलकताका महाप्रबन्धक रथेन्द्र रमनले बताए । कोलकाताबाट हिँडेको रेल शुक्रवार अपरान्ह जोगवनी आईपुग्ने रमनले बताए । ‘५८ ओटा कण्टेनर पठाइएको छ ।
कोलकाताको महावाणिज्य दूतावासले विराटनगर नाकासम्म रेल सञ्चालनका लागि लामो समयदेखि प्रयास भएको बताएको छ । ‘विराटनगर नाका रेल सेवासँग आवद्ध हुनु नेपालको वैदेशिक व्यापार र पारवहनका लागि महत्वपूर्ण उपलब्धि हो,’ महावाणिज्यदूत अर्यालले भने ।

व्यवसायीले अहिलेसम्म विराटनगर नाकाका लागि ट्रकबाट सामान आयात गर्दै आएकोमा कोलकाता बन्दरगाहबाट रेलमार्फत ढुवानी गर्न पाउने भएका छन् । ट्रकको तुलनामा रेलको भाडा कम पर्ने र समय पनि बचत हुनाले आयातको लागत घट्ने विश्वास आयाकर्ताको छ । विराटनगरका लागि कण्टनेर कार्गो शुरु भएपछि कोलकाता बन्दरगाहको जामसमेत न्यूनीकरण हुने बन्दरगाहको दाबी छ तेस्रो मुलुकबाट आउने सबैभन्दा बढी कार्गो कोलकाता बन्दरगामा आउने गरेको छ । आयातकर्ताले हल्दिया र विशाखापत्तनमबाट पनि रेलमार्फत कार्गो मगाउन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्