नाबालिग बलात्कार मुद्दामा आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय

नाबालिग बलात्कार मुद्दामा आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय

बीबीसी । नाबालिग बलात्कार मुद्दामा भारतको जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय तोकेको छ । विगत पाँच वर्षदेखि जेलमा रहेका आसाराम अब आजिवन कारावास भोग्ने भएका छन् ।
आसारामले १५ अगस्तको साँझ १६ वर्षिया किशोरीलाई ’ठीक’ गर्ने बहानाले आफ्नो कुटिमा बोलाएर बलात्कार गरेका थिए ।

अदालतले आसारामसहति अलावा शिवा, शरतचंद्र, शिल्पी र प्रकाशसमेत यस घटनाको अभियुक्त रहेको ठहर गरेको छ । अभियुक्त शरत छिंदवाड़ा आश्रमका डाइरेक्टर थिए जहां नाबालिग बालिका पढ्थिन् भने शिल्पी छिंदवाड़ा आश्रमको वार्डन थिइन र प्रकाश आश्रमका भान्से थिए । शिवा आसारामका निजी सचिव रहेका थिए ।

अगस्त २०१३ मा आसाराम विरुद्ध बालात्कारको मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता हुनु पूर्व शाहजहांपुर निवासी पीडित परिवार आसारामका कट्टर भक्त थिए । नाबालिकाका बुवाले संस्कारवान शिक्षाको आसमा आफ्नो दुई संतानलाई आसारामको गुरुकुलमा पढनको लागि पठाएका थिए ।

पीडित परिवालाई घटना लुकाउन घुस र ज्यानमार्ने धमकीसमेत दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्