सुनकाण्डमा मुछिएका बहालवाला एसपी मोरङ जिल्ला अदालतमा  म्यादथप्न ल्याउँदा यसरी भगाईए

<span class='c1'>सुनकाण्डमा मुछिएका बहालवाला एसपी मोरङ जिल्ला</span> <span class='c2'>अदालतमा  म्यादथप्न ल्याउँदा यसरी भगाईए</span>

विराटनगर, १३ वैशाख ।
दिउँसोको करिब १ बजेको थियो । आज काठमाडौँबाट साढे ३३ किलो सुन काण्डका आरोपी बहालवाला एसपी अदालतमा उपस्थित गराउने कुरा थियो । त्यसको लागि रिपोर्टिङका क्रममा दिउँसो १ बजे नै पत्रकारहरु अदालत परिसरमा पुगिसकेका थिए । दिउँसो देखि पर्खिएका पत्रकारहरु दिनभरी एसपी र डिएसपीलाई अदालत परिसरको फोटो खिच्न आतुर थिए । हो त्यही बेलामा उच्च सरकारी वकिलको कार्यालयमा ल्याएर गाडी राखियो अनी त्यहीँबाट भित्र्याईयो दुई जना डिएसपी र एसपीलाई । तर यता गफमा ब्यस्त भएका पत्रकारहरुलाइए झुक्याउँदै सिधै न्यायाधीशको कार्यकक्षमा पछाडीबाट छिराईयो । सबै सिभिलमा गएका प्रहरीहरु सँगै उनीहरुलाई अदालत लगिएको थियो । यसरी लगिएका सबै बहालवाला प्रहरी अधिकृतहरु थिए । यसरी अदालतमा उपसिथ्त गराउनको लागि जानेमा बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, र सई बालकृष्ण सञ्जेललाई आज अदालतमा उपस्थित गराईएको हो । म्याद म्याद थप गर्न लग्ने क्रममा पत्रकारलाई प्रहरी कै मिलेमतोमा झुक्याईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट आएका कर्मचारीले एसपी र डिएरपीलाई भगाई भगाई म्याद थप गराएका थिए ।
न्यायाधीशको कक्षमा सिधै लगिएका उनीहरुलाइृ त्यहाँबाट भित्रीबाटो हुँदै सरकारी वकिल कार्यालयको च्याम्बरमा पु्¥याईएको थियो । त्यसपछि लुकाएरै दायरी फाँटमा पु¥याईएको थियो । दायरी फाँटबाट निस्कीएका उनीहरु जिल्ला सरकारी वकील कार्यालयको पछाडीबाट भगाईएको थियो । पछाडीबाट लग्दै गरिएका उनीहरु मध्यका एक डिएरपी राउत दौडिएर भागेका थिए । तर एसपी खनालको अनुहार भने मलिन देखिन्थ्यो । क्याप टोपीमा अदालत पुगेका खनाल भने घोसेमुन्टो लगाएर हिँडेका थिए । हिजै मात्र प्रहरीले बहालवाला प्रहरीका ड्राईभर सञ्जीव खनाललाई म्यादथप गरेको थियो । बहालवाला एसपी सहित जिल्ला अदालत मोरङमा म्याद थप गरेर हिरासतमा जाने सुन तस्करी तथा सनम हत्या आरोपीको संख्या २७ पुगेको छ ।
खनाललाई गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले मंगलबार गृह मन्त्रालयमा बयान लिएपछि उक्त घटनासँग सम्बन्धित मुद्धा जिल्ला अदालत मोरङमा चलेकोले मोरङमा म्यादथप गरिएको हो । खनाल हाल मकवानपुर जिल्ला प्रहरी प्रमुख छन् । साढे ३३ किलो सुनकाण्डमा संलग्नताको आशंकामा नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्द निरौलालाई २ दिन अघि नै म्यादथप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बरामद हुँदा निरौला विमानस्थलको प्रहरी प्रमुख थिए भने खनाल पनि त्यहीँ कार्यरत थिए । अुसन्धान श्रोतका अनुसार प्रहरी हिरासतमा ल्याईएका बाहेकका २ जना बिरगंज र २ जना पुर्बी काँकडभिट्टा नाकाबाट फरार भएको बताईएको छ । गृह मन्त्रालयबाट गठित अनुसन्धान समितिले २७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको भएपनि हत्याका मुख्य योजनाकार तथा ३३ किलो सुनका मुख्य नाईके चुणामणी उप्रेती ‘गोरे’पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा परेका छन् । प्रहरीले नियन्त्रणमा लिएका २७ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्धामा म्याद थप गरि अनुसन्धान गरिरहेको हो ।
गत फागुन १९ गते सनम शाक्यको शव विराटनगर–३ मा लुकाएर भारत तर्फ लैजाँदै गरेको अबस्थामा राखिएको स्करपीयो भित्र फेला परेको थियो । मोरङको उर्लाबारी घर भएका शाक्यको हत्या पछि खुलेको साढे ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविन समिति गठन भएपछि ३८ जना विरुद्ध अनुसन्धान प्रकृया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्