विद्यार्थी भर्ना अभियान : विराटनगर महानगरमा मेयरकै अगुवाईमा घरदैलो

<span class='c1'>विद्यार्थी भर्ना अभियान : विराटनगर</span> <span class='c2'>महानगरमा मेयरकै अगुवाईमा घरदैलो</span>

विराटनगर १३ बैशाख ।

विराटनगर महानगरपालिकामा सबै बालबालिकाको अभिभावक बन्ने भन्दै मेयर भिम पराजुलीले बिद्यार्थी भर्ना अभियानलाई तिब्र पारेका छन् । आफै गाउँमा पुगे बालबालिकालाई बिद्यालय भर्ना गराउन अभिभावकलाई बाध्यात्मक अबस्था सिर्जना गरेका हु्न् । बिराटनगर महानगरपालिका भित्रै धेरै बालबालिका बिद्यालय नआउने गरेको पाईएपछि मेयर सहितको महानगरपालिकाका कर्मचारी सहितको टोली घरदैलो अभियानमा निस्किएको हो । मेयर पराजुलीले अभिभवकत्व ग्रहण गर्ने प्रतिबद्धता जनाउँदै विद्यालय भर्ना अभियानमा सहभागी भएका हुन ।
विहिवार एक कार्यक्रमविच विराटनगर ११ स्थित जनपथ माविमा ३ जना विद्यार्थीलाई कक्षा ४, ६ र १० कक्षामा भर्ना गरी बालबालिकाको अभिभावकत्व ग्रहण गरे । “हामी सवैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा” भन्ने नारा सहित यो बर्षको भर्ना अभियान जारी छ । भर्ना गरिएका तिनैजना छात्रा हुन् । मेयर पराजुलीले विद्यार्थीलाई बिद्यालयमा ल्याउनु एउटा महत्वपुर्ण बिषय भएपति त्यो सँगै शिक्षामा सुधार र गुणस्तरमा बृद्धी गर्नु पर्ने भएकोले शिक्षाका सुधारमा नयाँ योजनाका साथ अघि बढ्ने स्पष्ट पारे । विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला, नगर शिक्षा अधिकारी रुद्र दुलाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान थापा ,प्रध्यानाध्यापक हरिप्रसाद पराजुली लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्