फोटो पत्रकार दिवसको अवसरमा ओवी मिडियाले ल्यायो ‘जेम्स अफ विराटनगर’ ( यस्तो छ भिडीयो)

<span class='c1'>फोटो पत्रकार दिवसको अवसरमा ओवी मिडियाले ल्यायो</span> <span class='c2'>‘जेम्स अफ विराटनगर’ ( यस्तो छ भिडीयो)</span>

विराटनगर १३ बैशाख । आज फोटो पत्रकारीता दिवस । कुनै एक समयमा नेपालको एक सरकारी मिडिया हाउसले पहिलो पटक फोटोको प्रयोग गर्दै पत्रिकामा फोटो प्रकाशित गरेको थियो । विसं १९८३ वैशाख १३ गते आजकै दिन तत्कालिन गोरखा पत्र साप्ताहिकमा पहिलो पटक समाचार मुलक तस्बिर छापिएको दिनको सम्झनामा फोटो पत्रकार दिवस मनाउने गरिएको छ । त्यो बेला विरगञ्जकी १२ वर्षकी सूर्यमती श्रेष्ठानीले चर्खाबाट धागो बुन्दै गरेको तस्बिर छापिएको थियो । यसै सन्दर्भमा बिराटनगरमा एक नम्बर प्रदेशको पहिलो अनलाईन पत्रिका आवर बिराटनगर डट नेटले नयाँ अभियान शुरु गरेको छ। विराटनगरमा रहेको विभिन्न स्थानमा पौरखी हातहरुका सीपलाई युट्युव च्यानल मार्फत प्रशारण गरिने भएको छ । त्यतिमात्र नभई विराटनगरसँग जोडिएका विभिन्न रमणिय स्थाल, चौराहा, चोक तथा स्कुल कलेजमा जेम्स अफ विराटनगरको छायाकन गरी प्रशारण गरिने छ ।
जेम्स अफ विराटनगर नाम दिएर अबदेखि आवर विराटनगरको युट्युव च्यानलमा उक्त कार्यक्रम हेर्न सकिने आवर विराटनगर डटनेटका निर्देशक विवेक दाहालले बताए । टोलीले पहिलो श्रृङखलामा विराटनगर ट्राफिक चोकस्थित टम एण्ड जेरीलाई फिचर गरिएको कार्यक्रमका निर्देशक दाहालले बताए । विराटनगरसंग सम्बन्धित रहेर गरिएको कार्यक्रमले भोलीको दिनमा फोटो पत्रकारी दिवसको सम्झना हुने भएकाले आज नै जेम्स अफ विराटनगर संचालनमा ल्याईएको दाहालले बताए ।
कार्यक्रम संचालनमा विराटनगर जागरुक प्रस्तोता जिना जङ्ग कार्कीेले सञ्चालन गर्नेछिन् । त्यसैगरी क्यामेरा सम्पादन निश्चल राणा तथा जाकिर राजाले गरेका छन् ।

https://www.youtube.com/watch?v=1OA1DnAoXKg&feature=share

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्