५४ जना सवार सौर्य एअरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

<span class='c1'>५४ जना सवार सौर्य एअरलाइन्सको</span> <span class='c2'>विमान दुर्घटना हुनबाट जोगियो</span>

काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो ।

सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए ।

५० जना यात्री र चालकदलका चार सदस्यसहित ५४ जना सवार विमान ६ हजार फिटमाथिबाट अवतरण गर्नेक्रममा चरा ठोक्किएको एअरलाइन्स स्रोतले जनाएको छ । सवार सबैजना सकुशल छन् ।

सो विमानलाई अहिले पार्किङस्थलमा राखिएको छ ।

अब काठमाडौंबाट इन्जिनियरको टोली आएर परीक्षण गरेपछि विमानको उडान हुने/नहुने टुंगो लाग्ने यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्