कोलकाताबाट विराटनगरको सामान लिएर हिँडेको रेल आज वथनाहा आईपुग्ने

<span class='c1'>कोलकाताबाट विराटनगरको सामान लिएर हिँडेको</span> <span class='c2'>रेल आज वथनाहा आईपुग्ने</span>

विराटनगर, १५ वैशाख ।
तेश्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पद्धार्थ तथा ट्रेडिङका सामान अव रेल मार्फत सिधै नेपाली सीमा नजिक आईपुग्ने भएका छन् । यसका लागि बुधवार भारतको कोलताका बन्दरगाहाबाट कन्टेनर बोकेर कार्गोरेल गुडी सकेको छ । उक्त रेल आज मध्यान्हसम्म बथनाहा आईपुग्ने भएको छ । कोलकाता बन्दरगाहाबाट यस अघि यस्तो कार्गोरेल बिरगंज नाकासम्म आउने गरेको थियो । यो सेवाले समुन्द्रपार मुलुकसँगको ब्यापारमा सकारात्मक प्रभाव पार्ने उद्योगी ब्यवसायीले बताएका छन् । हाल परिक्षणका लागि सञ्चालनमा ल्याईएको उक्त रेल सिमावर्ती जोगवनी नाका भन्दा केही पर वथनाहासम्म आईपुग्नेछ। सिमावर्ती क्षेत्रसम्म यस अघि नै ब्रोडगेज रेल सेवा आईसकेको छ । मोरङको बुधनगरमा निर्माणाधिक एकिकतृ भन्सार पोष्ट पुर्ण रुपमा तयार भएपछि रेलले सोही स्थानसम्म सामान ल्याउनेछ । यो सुबिधानले नेपाली उद्योगी ब्यवसायीलाई ठुलो राहत पुग्नेछ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहोराले भने, ‘ढुवानी लागत कम पर्ने भएकाले यसको फाईदा आम उपभोक्तसम्म पुग्नेछ ।’ बोहोराका अनुसार ‘त्यहाँ अनलोड गरिएका सामान मालबहाक अरु सामान मार्फत सम्बन्धित उद्योगसम्म पु¥याईने छ । यो सुविधाले तत्कालका लागि कम्तीमा पनि अयातित सामानमा प्रतिकिलो १ रुपैयाँ ढुवानी भाडा सस्तो पर्नेछ ।’
रेल नियमित संचालन भएपछि घट्दै गएर २ रुपैयाँ भन्दा सस्तो पर्छ । बुधनगरको भन्सार पोष्ट निर्माण सकिएपछि तेश्रो मुलुकबाट आएका सामान सिपिङ कम्पनीले सिधै रेल मार्फत नेपालमै ल्याउनेछ । यसबाट कोलकाता बन्दरगाहामा ब्यहोर्नुपर्ने झण्झाटबाट मुक्ति मिल्ने ब्यवसायीको भनाई छ । पुर्ण रुपमा कार्गोरेल संचालनमा आएपछि नेपाली औद्योगिक क्षेत्रमात्र हैन उपभोक्तालाई पनि फाईदा पुग्नेछ ।कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्