ईटहरीमा यौनधन्दाका आरोपी १२ कक्षाका बिद्यार्थी देखि श्रीमान विदेश भएकासम्म

<span class='c1'>ईटहरीमा यौनधन्दाका आरोपी १२ कक्षाका</span> <span class='c2'>बिद्यार्थी देखि श्रीमान विदेश भएकासम्म</span>

विराटनगर, १५ वैशाख ।
सुनसरीको ईटहरीमा खुलेका बग्रेल्ती क्याविन रेष्टुरेन्टसँगै केही होटलहरुमा प्रहरीले निगरानी बढाउँदा २५ जोडी पक्राउ परेका छन् । बुधवार ९ र बिहिवार २ पटक गरी २५ जोडी पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ परेका मध्ये पेशेवर रुपमा यौनधन्दा सञ्चालन गरेको आरोपमा तीन महिला र एक पुरुषलाई सार्बजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाईएको छ । यी चारजना पटक पटक पक्राउ पर्दै छुटेकाले मुद्दा चलाईएको प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार २ दिनको अबधिमा पक्राउ परेका जोडी मध्ये एक जोडी १२ कक्षामा अध्ययरत बिद्यार्थी थिए । कक्षा १२ को परिक्षा शुक्रवारदेखि शुरु भएकाले उनीहरुको अभिभावकलाई बोलाएर जिम्मा दिईएको जनले बताए । पक्राउ पर्ने अन्य महिलाहरुमा श्रीमान विदेश गएका अधिकांश महिला रहेकोमा उनीहरुलाई पनि परिवार विखण्डन नहोस् भन्दै आईन्दा गल्ती नगर्ने शर्तमा छाडिएको प्रहरी निरिक्षक कार्कीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्