विराटनगरको पुष्पलालचोकमा यस्तो देखियो, तपाईको गाउँघरमा नी ?

<span class='c1'>विराटनगरको पुष्पलालचोकमा यस्तो देखियो,</span> <span class='c2'>तपाईको गाउँघरमा नी ?</span>

सुमन सुस्केरा
विराटनगर, १५ वैशाख ।
विराटनगर महानगरपालिकाको पुष्पलाल चौकमा केही युवाहरुको जमातसँगै केही उमेर पकेका हजुर वा हरुपनि देखिए । कोही हातमा खारेटो बोकेका कोही हातमा पञ्जा लगाएर सडक किनार केही गर्न खोजेको जस्तो । एकै छिनमा आईपुग्यो रातो रङको गाडी अर्थात दमकल । त्यसको केही बेरमा ट्राफिक प्रहरीको टोली नै सोही स्थानमा देखियो । के नै हुन लाग्या जस्तो देखिने यो अबस्था पुष्पलाल चौकमा गर्न लागिएको सरसफाईको थियो ।

हरेक शनीवार सरसफाई अभियान अन्तरगत परिवर्तनका लागि हातेमालोले यो अभियानको शुरुवात गरेको भएपनि यो अभियानमा बिराटनगर महानगरपालिका तथा स्थानीय नगरवासीको पनि उस्तै सहयोग देखिएको छ । सरसफाई महा–अभियान अन्तरगत आज ११औं हप्ता पुरा गरिसकेको छ । यो अभियानलाई निरन्तरता दिनको लागि पुष्पलाल चौकमा स्थानीयले सरसफाइ गर्ने, झार टिप्ने र खरेटोले बढार्ने काम गरे । मान्छे जम्मा हुन भन्दा पहिला नै ल्याईएको दमकलले फोहोर पखाल्नको लागि त्यहीबाट पानीको ब्यवस्थापन गरेर दमकलको पानीको फोहराले फोहोर पखाल्ने काम हुँदैथियो ।
ट्राफिक प्रहरीले के गर्ला भनेर हेर्दै गरेका स्थानीय धमाधम जेब्रा क्रसिङ बनाउन थालेपछि अचम्मितमा देखिन्थे । जेब्रा क्रसिङ साथै ट्राफिक नियम सम्बन्धित बोर्ड पनि झुण्ड्याईयो । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक मदन गिरी सहितको टोलीले हरेक ब्यस्त सडकहरुमा पैदल यात्रीलाई सडक वारपार गर्न सहजताको लागि जेब्रा क्रसिङ बनाउँदै आएको छ । गिरीले भने ‘यो अभियानलाई हामी निरन्तरता दिँदै जानेछौ ।’

[caption id="attachment_53131" align="aligncenter" width="774"] पानीले सडक सफा गर्दै विराटनगरको पुष्पलाल चौकका युवाहरु[/caption]

स्थानीयको बाक्लो उपस्थितीमा भएको सरसफाई अभियानबाट महानगरपालिकाका सबै वडाका नगरवासीले सिको सिक्नु पर्ने देखिन्छ । सबै एक भएर आफ्नो गाउँको सरसफाई अभियानलाई हप्ताको एक दिन मात्र दिने हो भनेपनि धेरै सफा राख्न सकिने सरसफाई अभियानमा लागेका अभियान्ता विनोद परियारले बताए ।
यी बिषय सुधार्नुस्
शनीवार बिहान पुष्पलाल चौकमा गरिएको सरसफाईका बिषयले सबैलाई प्रेरणा दिने गरी अभियान चलाईएको भएपनि त्यो भित्र केही सुधार गर्नुपर्ने औल्याईएको छ । विराटनगर महानगरपालिकाका कर्मचारीहरु सरसफाईमा हरेक दिन खटिने भन्दै तलव खाईरहेको अबस्थामा सडक बढारेर थु्पारेको फोहोरलाई ब्यवस्थीत गर्न नसकेको टिप्पण्ी भएको छ ।

एक नम्बर प्रदेश सभाका सांसद विजय विस्वास सरसफाईको अबस्थाको बारेमा भन्दैथिए,‘अभियानले राम्रो सन्देश दिने भएपनि फोहोर उठाएर पानी हाल्नुपर्नेमा थुपारिएको फोहोरमा पानी हाल्दा थप फोहोर हुन्छ भन्न्ने बुझ्नुपर्छ ।’ यहाँ गरिएको सरसफाईको क्रममा बिहानै आएर थुपारिएको फोहोरमा दमकलको पानीको फोहरा हान्दा त्यो फोहोर असरल्ल छरिएको थियो । तत्काललाई बगाईएपनि त्यो नालीमा फस्ने र पछिलाई नालीमा समस्या देखिने केही कुरा गर्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्