सुमेरुकलाले  विराटनगरमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन गर्दै, नाटकका कलाकार सबै बिद्यार्थी

सुमेरुकलाले  विराटनगरमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन गर्दै, नाटकका कलाकार सबै बिद्यार्थी

प्रेम देवान,
विराटनगर १६ वैशाख ।
विराटगरमा बिद्यार्थीको कला प्रस्तुत गर्ने उद्देश्यले नाट्य उत्सव हुने भएको छ । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिन मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना र्गा लागिएको हो । जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुनेछ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा पत्रकार सम्मेलन गरी नाटक उत्सवको बारे जानकारी गराएको हो ।
विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा १० दिनसम्म चल्ने नाटक उत्सवमा मोरङ जिल्लाका १ सय ८ विद्यालयका कक्षा–६ देखी ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहने सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार प्रत्येक विद्यालयबाट दुुई–दुुई जना विद्यार्थीको सहभागिता रहने छ । विद्यार्थीहरुले अभियान अन्र्तगत एउटै मन्चबाट ९० वटा नाटक मन्चन गर्ने छन् ।
उत्सवको तयारीका लागी विद्यार्थीहरुलाई यतिवेला कार्यशाला तथा प्रशिक्षण दिने काम भईरहेको छ । सहभागीहरु मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने आयोजक सुमेरुकला सरोबरले जनाएको छ । नाटक महोत्सवको वाइवाइ चाउचाउले प्रयोजन गरेको छ भने सहआयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक उत्सव गरेको थियो ।
नाटकको तयारीकालागि सरोवरले गत फागुुन ८ गतेदेखी मोरङ जिल्लाका विभिन्न विद्यालयमा पुुगेर नाटक कार्यशाला गरिरहेको अध्यक्ष सापकोटाले वताए । विद्यार्थीहरुलाई कलाकार उद्धव सापकोटा, सुुरभी सापकोटा र सविन कटेलले प्रशिक्षण दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्