विराटनगरमा मदिराको अनुगमन र नियमन गर्न समिति वन्यो

<span class='c1'>विराटनगरमा मदिराको अनुगमन र</span> <span class='c2'>नियमन गर्न समिति वन्यो</span>

विराटनगर, १६ वैशाख ।
विराटनगर महानगरपालिकाको संयोजकत्वमा महानगर स्तरिय मदिरा व्यवस्थापन समिति गठन भएको छ । विराटनगर महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजक रहनेगरी सम्वन्धित विभिन्न कार्यालयका अधिकृत सहितको ११ सदस्यीय समिति वनेको हो ।
गठित समितिले विराटनगर महानगरपालिका भित्र रहेका मदिरा पसलहरुको अनुगमन र नियमन गर्ने छ । मदिरालाई व्यवस्थीत गर्ने बारेमा आज बिराटनगर महानगरपालिकामा भएको छलफलमा समिति गठन गर्दै आगामी दिनमा महानगरलाई कसरी मदिरा ब्यवस्थापनि गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
वराटनगर महानगरका मेयर भिम पराजुलीले मदिरा निशेधित अभियानका अभियन्ता ,शुरक्षाकर्मी र कर्मचारीहरुसंग सुझाव समेत लिएका थिए । अस्पताल, विद्यालय, मन्दिर, मस्जिद वरपर रहेका मदिरा पसलहरु नियम अनुसारको दुरीमा छन्÷छैनन् त्यो पनि अनुगमन गरिने मेयर पराजुलीले जानकारी दिए ।
उनले महानगर भित्र रहेका सवै मदिरा पसललाई व्यवस्थित र कानुन अनुरुप चलाईने अन्यथा बन्द गराईने उनले जानकारी दिए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विराटनगर महानगरले गर्न खोजेको मदिरा व्यवस्थापन कार्य समय सापेक्ष रहेको वताए । ‘महानगरको यो अभियानमा सवै संयन्त्रवाट सहयोग हुन्छ, उनले भने, ‘महानगरले शुरु गरेको अभियानलाई कडाईाक साथ कार्यान्वयन गर्नुपर्छ ।’ छलफलमा शुरक्षा निकायका प्रमुख ,धार्मिक गुरु तथा विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्