३३ किलो सुनकाण्डमा संलग्न रहेको आरोपमा डिएसपी प्रजित केसी हिरासतमा

<span class='c1'>३३ किलो सुनकाण्डमा संलग्न रहेको</span> <span class='c2'>आरोपमा डिएसपी प्रजित केसी हिरासतमा</span>

विराटनगर, १६ वैशाख ।
३३ किलो सुन प्रकरणमा हत्या भएका भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रजित केसीलाई अदालतमा उपस्थित गराईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई अदालतमा पेश गरेको हो । उनी बिरुद्ध जिल्ला अदालतले अनुसनधानको लागि ३ दिनको म्याद थपेको छ । गत माघ पहिलो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हराएको ३३ किलो सुन प्रकरणको छानवीनका क्रममा उनलाई पनि अनुसन्धानको दायरामा ल्याईएको हो ।
सुनतस्करीमा संलग्न भरियाको रुपमा रहेका सनम शाक्यको हत्या भएको दिन केसी मोरङ आएको र सो बारेमा मोरङ प्रहरीलाई पनि जानकारी दिईएको थिएन । मोरङ प्रहरीलाई जानकारी नदिईएकनै पिछा गर्दै आएका उनीहरुको हत्यासँगै सुन तस्करको जालोमा उनीहरु पनि संलग्न रहेको हुनसक्ने आशंकामा उनलाई म्यादथप गरी अनुसन्धानमा राखिएको हो ।
प्रहरीले ३ जना वहालवाला अधिकारी र १ जना पूर्व डिआईजीसहित २७ जनाविरुद्ध यस अघि नै म्याद थप गरिसकेको छ । उनी सहित अदालतमा म्याद थप गरेर अनुसन्धानमा तानिनेको संख्या २८ पुगेको छ । सुनकाण्डमा जोडिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसीलाई हिजो साँझ २ प्रहरी जवान सहित मोरङ ल्याईएको थियो ।
अपराध अनुसन्धान महाशाखाको डिएसपी हुँदा सुन काण्डसँग जोडिएको सनम शाक्य हत्याकाण्डमा ‘अनावश्यक चलखेल’ गरेको भन्दै गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको थियो । सोही प्रकरणमा जोडिएका कारण केसीलाई अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीबाट हटाएर गत चैत २२ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो । उनी अदालतमा म्यादथप भएसँगै आज देखि निलम्बनमा परेका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी महानगरीय अपराध महाशाखाको नेतृत्वमा रहेका बेला मोरङमा सनमको हत्या भएको थियो । हत्याका अभियुक्त जोगाउने उद्देश्यले प्रजित केसी सहितको टोली हत्याकाण्डका अभियुक्त खोज्ने भन्दै मोरङ पुगेको थियो ।
मोरङ पुग्नेमा डिएसपी केसी सहित प्रहरी नायव निरीक्षक सई बालकृष्ण सञ्जेल थिए । बालकृष्ण सञ्जेलले केसीलाई सहयोग गरेका थिए । गृह मन्त्रालयको समितिले सनम हत्याकाण्डमा सई बालकृष्ण सञ्जेलको संलग्नता रहेको भन्दै केही दिन अघि नै मोरङ पठाईसकेको छ । प्रहरीले निलम्बन गरिसकेका सई सञ्जेल अहिले मोरङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका ब्यक्तिहरुलाई १९ गतेसम्म अनुसन्धन गरी अदालतमा मुद्दा पेश गर्ने कार्यसुची रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्