विराटनगर -१० मा एक युवतीले आत्महत्या गरेकी छिन् । २२ वर्षकी सुष्मा बंगालीले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी छिन् । महेन्द्र मोरङ कलेजमा ब्याचलरमा पढ्दै गरेकी उनको आत्महत्याको कारण भने खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएकाे छ ।