अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएका बम विस्फोटनहरुमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भी रहेको बताइएको छ । तोलो न्यूजका अनुसार मारिनेमा धेरैजसो मिडियाकर्मी छन् ।

नेपाली समयअनुसार बिहान करिब ९ः१५ बजे शाश दरक क्षेत्रमा नेशनल डायरेक्टोरेट अफिसको नजिक पहिलो विस्फोट भएको थियो । हमला गर्ने व्यक्तिहरुले मिडियाकर्मी र सुरक्षाकर्मीलाई नै निशाना बनाउन चाहेको बताइएको छ ।

अफगानिस्तानमा आगामी वर्ष राष्ट्रपति चुनाव हुँदैछ । यसको विरोधमा आतंकवादीहरुले सर्वसाधारण तथा सरकारी अधिकारीहरुलाई निशाना बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्