राजधानी ईटहरी सार्ने बिषयले प्रदेश सरकार अप्ठेरोमा

<span class='c1'>राजधानी ईटहरी सार्ने बिषयले</span> <span class='c2'>प्रदेश सरकार अप्ठेरोमा</span>

विराटनगर, १८ वैशाख ।
विराटनगरलाई एकातिर स्थायी राजधानी बनाउने बारेमा छलफल भईरहेको छ भने अर्को तर्फ राजधानी अन्यत्रै सार्ने हल्लाले बजार तताएको छ । एकाएक केही दिन अघि स्थायी राजधानी ईटहरी सार्न मुख्यमन्त्री राई गोप्य रुपमा लागेको भन्ने समाचार आएपछि यसले प्रदेश सरकारको गोपनियता भंग भएकोमा टाउको दुखाईको बिषय बनेको हो ।

विराटनगरलाई एक नम्वर प्रदेशको स्थाई राजधानी बनाउनु पर्छ भन्ने माग ब्यापक छ, तर सरकारका केही मन्त्रीहरुको आन्तरिक गृहकार्यका कारण राजधानी ईटहरी सार्ने प्रयास हुनुले सरकार स्वयम विवादमा पर्ने संभावना बलियो बनेको छ ।
अस्थाई राजधानी तोकिएको विराटनगरलाई स्थायी राजधानी कसरी वनाउन सकिन्छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल भईरहेका छन् । विराटनगरमा नागरिक समाज लगायत विभिन्न संघसंस्थाहरुले स्थायी राजधानी विराटनगर बनाउनको लागि जस्तोसुकै सम्झौता गर्न तयार रहने गरी सहकार्य र छलफललाई अघि सारेका छन् ।
नेपालको मुुख्य राजनीति, आर्थिक सहरको रुपमा रहेको विराटनगरमा राजधानीका लागी प्रसस्त उपयुुक्त पुुर्वाधार भएकाले अव चाडै स्थायी राजधानी विराटनगरलाई नै बनाउनु पर्ने नागरिक अगुवाको माग छ।
नागरिक समाजले मुुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीसँग विराटनगरलाई स्थायी राजधानी वनाउन आग्रह गर्दै गलत अभिब्यत्ति नदिन समेत भनेका छन् ।
एलिट क्लवका अध्यक्ष डा. भेषप्रसाद धमलाले विराटनगरलाई स्थायी राजधानी वनाउन सवैले पहल र सहयोग गर्नुुपर्ने बताए । मानव अधिकार रक्षक परिषदका अध्यक्ष सोमराज थापाले विराटनगरलाई स्थायी राजधानी वनाउने विषयमा सवैको एकमत रहेकाले स्थायी राजधानी तोक्न विलम्ब गर्न नहुने बताए । अहिले आएका अभिव्यक्तिको बारेमा नागरिक समाजका अगुुवा दिनेश श्रेष्ठले स्थायी
राजधानीमा कसैले वाधा पुु¥याउन नहुुनेमा जोड दिँदै सबै हिसावमा विराटनगर नै स्थायी राजधानीको लागि उपर्युक्त रहेको औल्याए ।
वरिष्ठ पत्रकार यज्ञ शर्मा, प्याव्सनका पुुर्व केन्द्रिय उपाध्यक्ष टिकाराम पुुरीले मन्त्रालयका लागि अवस्यक पुुर्वाधारलाई व्यवस्थित गनुुुपर्र्नेमा जोड दिएका छन् ।

यसैबिच सरकारका प्रवक्त तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजधानी सार्ने हल्ला प्रदेश सरकारलाई असफल बनाउने प्रयास रहेको अभिब्यक्ति दिएका छन् । उनले एक नम्बर प्रदेशलाई स्थायी राजधानी बनाउनको लागि प्रदेश सभा मार्फत आउने भएकोले यसमा सरकारले राजधानी सार्न खोजेको हल्लालाई निराधार हल्लाको रुपमा टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्