विराटनगरका श्रमिकहरुले मेयरलाई भने ‘जुटमिल संचालनका लागि सहयोग गर्नुहोस’

<span class='c1'>विराटनगरका श्रमिकहरुले मेयरलाई भने ‘जुटमिल</span> <span class='c2'>संचालनका लागि सहयोग गर्नुहोस’</span>

विराटनगर, १८ वैशाख ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिराटनगरका जुटमिलका श्रमिकले जुटमिल सचालनको लागि बिराटनगर महानगरपालिकाका मेयरको ध्यानाकर्षण गराएका छन् । जुटमिल वचाउ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनको माग गरेको हो ।
वि.सं.२००३ साल र २००७ सालमा जुटमिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको स्मरण गर्दै मजदुरले आन्दोलनपछी नेपालमा श्रमिक दिवस मनाउन थालिएको बताए ।अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहँदा उनीहरुले जुटमिल आन्दोलन सम्झिएका हुन ।
नेपालको मजदुर आन्दोलनसंगै प्राजातान्त्रिक आन्दोलनको शुुरुआत भएको जेठो उद्योग विराटनगर जुटमिल संचालनकालागि सरकारले संचालक समिति नियुक्ति समेत गरेको छ ।
जति समिति आएपनी जुुटमिल ५ देखी ६ महिनामात्र चल्ने र त्यसपछी वन्द हुने गरेको उनीहरुको गुनासो छ । केहिदिन मिल संचालनगर्र्ने र वन्दगर्ने प्रवृतिले हजारौ मजदुरको रोजीरोटी खोसिएको भन्दै यथासिघ्र मिल संचालन गर्ने वतावरण वनाउन समितिले महानगरपालिकासंग माग गरेको छ ।
मिलमा अहिलेपनी पाँचअर्व भन्दा वढिको चलअचल सम्पती रहेको छ । मिल चलाउने भन्दापनी कमिशन खाने प्रवृति हावी हुुदै गएकाले मिल संचालन हुन नसकेको विज्ञप्ती जनाइएको छ । समितिका अध्यक्ष धर्मानन्द सञ्जेल सहितको टोलीले मेयर पराजुलीलाई ज्ञापनपत्र वुझाएका हुन । ज्ञापनपत्र वुझदै मेयर पराजुलीले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनितिक यात्रा प्रारमम्भ भएको ऐतिहासिक विराटनगर जुटमिल संचालनकालागि महानगरको तर्फबाट सक्दो पहल गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्