चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु

चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु

मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ ।

राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।

मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् । अघिल्लो महिना पनि सोही स्थान नजिकै भएको हिंसात्मक घटनामा २८ जनाको मृत्यु भएको थियो ।

मध्य अफ्रिकी गणतन्त्रमा केही वर्षदेखि जातीय र धार्मिक हिंसाका घटना भइरहेका छन् ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्