विकासमा लापरवाही: विराटनगरको मिल्स एरियामा बनाएको नाली एक महिना नपुगदै भत्कियो

विकासमा लापरवाही: विराटनगरको मिल्स एरियामा बनाएको नाली एक महिना नपुगदै भत्कियो

विराटनगर, १९ वैशाख ।
विराटनगर महानगरपालिकामा निर्मित नाली तथा सडकहरु निर्माण पुरा नहुँदै भत्किन थालेको छ । विराटनगरको सुन्दरतासँग हेरिएको मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतका कार्यक्रमहरु प्रभावकारी नदेखिएको हो । त्यसको पुष्टी बिराटनगर महानगरपालिकाको मिल्सएरियामा निर्माण भएको नाली निर्माणको कामले पुष्टी गर्छ ।
हरेक दिन बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहितको टोलीले अनुगमन गरेपनि ठेकेदार तथा उपभोक्ता समितिको बद्मासीका कारण समस्या देखिएको हो । विकास निर्माणका काम गुणस्तरहीन र कमशल खालको रहेको स्थानीयले आरोप लगाउँदै आएका छन् । अझ विराटनगर महानगरपालिका वडा नम्बर १५ मिल्सएरियामा बनेको पक्की नाला एक महिना पुरा नहुँदै भत्किएको छ । नाला निर्माण पछि सडकको मुहार फेरिने भयो भनेर आशा पालेर बसेका स्थानीयलाई नालाको काम कामै नलाग्नेगरी भत्किएपछि स्थानीय आक्रोशित बनेका छन् । निर्माणमा कमशल सामाग्रीको प्रयोग भएको कारण नाला एक महिना पनि नबित्दै भत्किएको एक स्थानीयले आवर विराटनगरलाई जानकारी दिए । उनका अनुसार निर्माण पुरा भएको एक महिना पनि नहुँदै नाला भत्किएको हो । स्थानीयले पटक पटक महानगरपािकालाई जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको स्थानीयको आरोप छ। ‘हामीले महानगरलाई काम कमशल भएको छ भनी पटक पटक जानकारी गरायौ, एक स्थानीयले भने, ‘तर हामीले भनेको कुरा महानगरले सुनेन बनाएको एक महिना नपुग्दै अहिलेको सामान्य बर्षा नै भत्कियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्