अब फेसबुकमार्फत डेटिङ पनि गर्न सकिने , यस्तो छ नयाँ फिचर

अब फेसबुकमार्फत डेटिङ पनि गर्न सकिने , यस्तो छ नयाँ फिचर

एजेन्सी । अहिलेसम्म फेसबुकमार्फत साथी भाई र इष्टमित्र बनाउँदै आएका यसका उपभोक्ताले अब डेटिङ पनि यहिंबाट गर्नसक्ने भएका छन् । फेसबुकका प्रमुख कार्यकारी तथा यसका जन्मदाता मार्क जकरबर्गले मंगलवार यो घोषणा गरेका हुन् ।

एफ एट डेभलपर्स कन्फरेन्समा मुख्य वक्ताको रुपमा बोल्दै जकरबर्गले अब फेसबुकमा उपभोक्तालाई डेटिङ साइट उपलब्ध गराउने कुरा बताएका हुन् । तर यस्तो डेटिङ साईटमा छिर्ने व्यक्तिको विवरण भने फेसबुकको विवरणबाट नतानिने र फेसबुकका साथीहरू एक अर्कासँग डेटिङ साईटमा भेट्न नसक्ने व्यवस्था मिलाइने कुरा पनि जकरबर्गले बताएका छन् ।

डेटिङको प्रावधान फेसबुकको एपमा रहनेछ । कसैले चाहेमा आफ्नो डेटिङ आईडी बनाएर आफूले चाहेको लिङ्ग, उमेर, पेसाको साथी खोज्नसक्ने र सम्बन्ध बनाउन सक्नेछ । फेसबुकमा डेटिङ गरिएको साथीको इमेल छुट्टै इनबक्समा आउने र यसमा टेक्स्ट (अक्षर) बाहेक फोटो, भिडियो, मल्टिमिडिया नआउने पनि फेसबुकले जनाएको छ ।

अहिले प्रचलित यस्तो डेटिङ एपमा टिण्डर, ओकेक्युपिड, बम्बल आदी छन् । फेसबुकको घोषणासँगै हालको सबैभन्दा प्रचलित टिण्डर साईटको सेयर मूल्य घटेको पनि विभिन्न समाचार माध्यमले जनाएका छन् । टिण्डर जस्तो डेटिङ साईट मुख्यतः युवा युवतीबीच सम्बन्ध बढाउनका लागि तथा महिला र पुरुषकाबीच गोप्य सम्बन्ध बनाउन प्रयोग हुन्छ । धेरै यस्ता डेटिङ साईटले फेसबुकको प्रोफाईलको माध्यमबाट एक अर्काको मनमिल्ने साथीहरू खोज्ने गरेका छन् ।

बीबीसीसँगको एक अन्तर्वार्तामा फेसबुकका एक अधिकारीले फेसबुकको प्रयोजन अहिले जत्ति छ त्यो भन्दा अब अघि बढ्दैन भन्ने सोच भएको बेला बिल्कुलै नयाँ सेवा ल्याएको हो । फेसबुकले कुनै पनि एक उपयोगकर्ताको फेसबुकको प्रोफाईल अर्को कसैलाई नदेखाउने भएता पनि एक अर्कालाई मिलाउन भने फेसबुकको इन्जिनले प्रयोगकर्ताको सूचनालाई प्रयोग गर्ने आशंका गरिएको छ ।
फेसबुकमा अहिले २ अर्ब प्रयोगकर्ता भएको कारण पनि डेटिङ साईट अत्यन्त लोकप्रिय हुने देखिएको छ । तर, फेसबुकमा डेटिङ पोर्टल आउन समय लाग्ने बताइएको छ । यो वर्षको अन्त्यमा मात्र फेसबुकले डेटिङकोे यो एपको परीक्षण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्