आवर विराटनगरका सम्पादक सुस्केरा सहित अर्का पत्रकार भटटराई माथि एसएसपी लोहनीद्धारा आक्रमण

<span class='c1'>आवर विराटनगरका सम्पादक सुस्केरा सहित अर्का </span> <span class='c2'>पत्रकार भटटराई माथि एसएसपी लोहनीद्धारा आक्रमण</span>

विराटनगर, १९ वैशाख । ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्टिङका लागि पुगेका आवर बिराटनगर डट नेटका सम्पादक सुमन सुस्केरामाथि आक्रमण भएको हो । त्यस्तै अर्का पत्रकार धु्रब भट्टराईमाथि समेत आक्रमणको प्रयास गरेका थिए । फोटो खिच्ने क्रममा एसएसपी लोहनीले सुस्केरामाथि आक्रमण प्रयास गरेका हुन् । लोहनीले फोटो खिच्दै गरेका सुमनको क्यामेरा खोख्ने प्रयास गरेका र नभेटेपछि मुक्का प्रहार गरेका थिए । तर उनको मुक्का प्रहारसँँग सुमन भागेपछि लाग्नबाट जोगिएको थियो । प्रहरी अन्य सबै सुनकाण्डका अभियुक्तहरुलाई हत्कडी लगाएपनि प्रहरीका बालकृष्ण सञ्जेल वाहेकलाई कसैलाई पनि हत्कडी नलगाउँदा लोहनी पत्रकार माथि जथाभाबी आक्रमणमा उत्रिएका हुन । उनले क्यामरा खोस्ने प्रयास गर्नुका साथै अपशव्द प्रयोग गरी गाली गलौज गरेका थिए ।
एसएसपी लोहनी सहित ६३ जना बिरुद्ध जिल्ला अदालत मोरङमा बिभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । ६३ जनाको मुद्दा दर्ता भएपनि २९ जना अदालतमा हाजिर गराईएका छन् । बुधबार जिल्ला अदालत मोरङमा सनम शाक्य हत्यामा संलग्न रहेको भन्दै मुद्दा दर्ता भएको छ । लोहनी महानगरीय प्रहरी अपराध महाशाखाको नेतृत्वमा रहेका बेला गत फागुन १९ गते मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भएको थियो ।
३३ किलो सुन काण्डका नाइके चूडामणि उप्रेती (गोरे) संलग्न रहेको घटनाका अभियुक्तलाई जोगाउन एसएसपी लोहनीले अपराध महाशाखाको टोली परिचालन गरेका थिए । एसएसपी लोहनीको निर्देशनमा मोरङ पुग्ने अपराध महाशाखाका तत्कालीन डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल विरुद्धपनि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

[caption id="attachment_53388" align="aligncenter" width="796"] यसरी गरेका थिए एसएसपि लाेहनीले पत्रकार माथी अाक्रमण । तस्विर साभार: अनलाइन खबर[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्