विराटनगरमा विद्युतीय रिक्साको मनपरी, एक किलोमिटरको भाडा २ सय

<span class='c1'>विराटनगरमा विद्युतीय रिक्साको मनपरी, एक</span> <span class='c2'>किलोमिटरको भाडा २ सय</span>

विराटनगर, २० वैशाख ।
विराटनगर महानगरपालिका भित्र सञ्चालित रिक्सा र बिद्युतिय रिक्साले मनोमानी भाडा असुल्दै आएपनि सरोकारवाला निकाय मौन छ । विराटनगर विमानस्थलबाट बाहिरीने जो कोहीले पनि बढी रकम तिर्नु पर्ने बाध्यता छ । कन्चनवारी चोकसम्म आएका ईटहरीका सुमेश खड्काले २ सय रुपैयाँ तिर्नु परेको बताए । ‘बिराटनगरमा विद्युतिय रिक्साले मनपरी भाडा लिने रहेछ, उनले भने, बिदुतीय रिक्साले १ किलो मिटरको २ सयसम्म लिए ।’
उनी मात्र हैन,बिराटनगर रोडशेष चौकका अरबिन्द मण्डलले बिद्युतीय रिक्सामा बिमानस्थलबाट रोडशेष चोकसम्म जानलाई ३ सय रुपैयाँ भाडा तिर्नु परेको बताए । रिक्सा चालकले शुरुमा ४ सय रुपैयाँ मागेकामा तर आफुले धेरै आग्रह गरेपछि उसले ३ सयमा लगेको सुनाए । बिद्युतीय रिक्सा चालकहरुको विराटनगरमा दादागिरी नै छ,उनले भने, उनीहरुले भनेअनुसारको भाडा दिएन भने कसैले पनि नबोक्ने खालको सिण्डीकेट लगाएका छन् ।
विराटनगरका नरेन्द्र थापाले भाडादर कुनै कतै कसैले कायम गरेको सर्बसाधारणलाई जानकारी नै नदिने गरेको आरोप लगाए । रिक्सा भाडाको बारेमा जानकारी दिईँदा रिक्सा चालकले मनपरी भाडा लिँदै आएका छन् । बिद्युतीय रिक्साहरुले आफु अनुकुलको भाडा निर्धारण गरेका छन् । जसको कारण समस्या छ । सरकारले यातायातमा सिण्डीकेट खारेज गरेको भएपनि विराटनगरमा खारेज छैन । उनले भने ‘महानगरपालिकाको अनुमतीमा यहाँ बिद्युतीय रिक्सा संचालन भईरहेको भएपनि त्यसको नियमन प्रभावकारी छैन ।’
कहिँ कतै अनुगमन भईको पाईँदैन ।जसले जती पायो त्यती नै ठग्दै आएको छ। विराटनगर महानगरपालिकका कर्मचारीको मिलेमतोले बिद्यूतस्य रिक्सा चालकहरुले मनमानी भाडा असुल्दै आएका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अहिले सम्म कहिँकतैबाट बढी भाडा लिएको भनी गुनासो नआएको बताए । ‘हामी बिद्युतीय रिक्साको ब्यवस्थापनमा लागेका छौ, उनले भने, अबको केही दिन भित्रमा वैठक बसेर टुङ्ग्याउछौँ ।’कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्