नाइजेरियामा बम विस्फोटनमा २४ जनाको मृत्यु

नाइजेरियामा बम विस्फोटनमा २४ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम विस्फोटनमा २४ व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त विस्फोटन एउटा मस्जिदको भित्र र बाहिर तब भयो जब मानिसहरु दिउँसो नमाजको तयारी गरिरहेका थिए । अडमवा प्रान्तको पुलिसको भनाई छ कि यी विस्फोटनको पछाडि इस्लामिक चरमपन्थी समूह बोको हरामको हात हुन सक्छ ।
बोको हराम वर्ष २००९ देखि नै नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनको लागि हिंसात्मक गतिविधिहरु गर्दै आइरहेका छन् ।
यी घटनाहरुमा अहिलेसम्म २० हजार मानिसहरु मारिइसकेका छन् र करीब २० लाख मानिसहरु विस्थापित भएका छन् । पुलिस कमीश्नर अब्दुल्लाही येरीमाले भनेका छन् कि पहिलो विस्फोटन मस्जिदमा १ बजे भयो भने लगत्तै दोश्रो विस्फोटन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्