आज विश्व प्रेस स्वतन्त्रता दिवस: नेपालमा पत्रकारमाथि एक वर्षमा २२७ वटा अाक्रमण !

आज विश्व प्रेस स्वतन्त्रता दिवस: नेपालमा पत्रकारमाथि एक वर्षमा २२७ वटा अाक्रमण !

काठमाडाैं : आज विश्व प्रेस स्वतन्त्रता दिवस हाे । हरेक वर्ष मे ३ मा मनाइने प्रेस स्वतन्त्रता दिवस अाज नेपालमा पनि  विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेकाे थियाे । साेही दिनदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

‘संविधानसभाको निर्वाचनमार्फत लोकतान्त्रिक संविधान : प्रेस स्वतन्त्रताको रक्षा श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल पत्रकार महासङ्घले आज बिहान बृहत् प्रभातफेरीको आयोजना गरेको छ। काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।

एक वर्षमा २२७ वटा अाक्रमणका घटना

कोणसभामा गएको एक वर्षको अवधिमा नेपालमा २२७ वटा पत्रकारमाथि आक्रमणका घटना भएको जानकारी दिइयो। नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहाल, सञ्चारिक समूहका अध्यक्ष निर्मला शर्मा, पत्रकार महासङ्घका उपाध्यक्ष यशोदा तिम्लिसिना, महासचिव ओम शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका कुमार शाह, प्रेस चौतारी नेपालका माधव नेपाल, प्रेस युनियनका शिव लम्साल लगायतले सम्बोधन गर्दै प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्रको पक्षमा पत्रकारहरूले पुर्‍याएको योगदान अद्वितीय रहेको भन्दै मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समय वितिसक्दासमेत राज्यले अझै पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हक हितमा ध्यान नपुर्‍याएको बताएका थिए।

स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि बुधबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ ।

प्रतिवेदनअनुसार सन् २०१३ मा १३१ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएकामा त्यसपछिका वर्षमा केही कमी देखिए पनि मे २०१७ देखि अप्रिल २०१८ सम्म ६६ वटा घटना भए, जसबाट २०० भन्दा बढी सञ्चारकर्मीहरू प्रभावित भएका छन् । प्रतिवेदनअनुसार सन् २०१४ मा ५२, १५ मा ४१, १६ मा ५९, १७ मा २९ र १८ मा ६६ वटा घटना भएका छन् ।

तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न भएसँगै राजनीतिक गतिविधिमा तीव्रताका कारण सन् २०१६–१७ भन्दा झण्डै दोब्बर घटना २०१७–१८ को वर्षमा घटेको प्रतिवेदनमा जनाइएको छ । अघिकांश प्रेस स्वतन्त्रता उल्लंघनका घटना राजनीतिक मामिलासँग जोडिएका छन् । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता उल्लंघका २९ घटना भएका थिए ।

अन्तर्राष्ट्रिय नारा : हिंसा र दबाबलाई कम गर्ने

प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस वर्ष अन्तर्राष्ट्रिय नारा ‘किपिङ्ग पावर इन चेक : मिडिया, जस्टिस एण्ड द रुल अफ ल’ (शक्तिको निगरानी र नियन्त्रण : सञ्चार, न्याय र विधिको शासन) तय गरिएको छ ।

प्रेस स्वतन्त्रताका लागि कानुनी वातावरणलाई बलियो बनाउने, प्रेस स्वतन्त्रताको ग्यारेन्टिका लागि न्यायीक निकायको भूमिकालाई थप आकृष्ट गर्ने, पत्रकारमाथि हुने हिंसा र दबाबलाई कम गर्ने तथा कानुनी शासनका लागि प्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो वर्षको नारा तय गरिएको हो ।

यसैगरी दीगोविकास, चुनावका बेला, परादर्शीता, उत्तरदायित्व तथा कानुनी राज्यको स्थापनका लागि प्रेसको भूमिकालाई पनि यो वर्ष थप जोड दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वका सबै सरकारलाई प्रेस स्वतन्त्रतालाई थप प्रभावकारी बनाउन तथा पत्रकारको सुरक्षाको वातावरण बनाउन आग्रह गरेका छन् ।

सञ्चारमन्त्रीले दिए शुभकामना 

यसैबिच ञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त भएको र आधुनिक सभ्य समाजमा प्रेस जगत् र तिनको स्वतन्त्रताको महत्व सर्वोपरी रहेको उल्लेख गरेका छन् ।

दक्षिण एसियामा मात्रै मारिए ३३ पत्रकार

यसैबीच, अन्तर्राष्ट्रिय पत्रकार महासंघले आजै सार्वजनिक गरेको मिडिया प्रतिवेदनअनुसार दक्षिण एसियामा मात्र गएको एक वर्षमा ३३ जना सञ्चारकर्मी मारिएका छन् । मारिएका सबै पत्रकार आफ्नो कार्यक्षेत्रमै मारिएका छन् ।

प्रतिवेदनअनुसार मारिनेमध्ये २२ जना अफगानिस्तान, सातजना भारत र चार जना पाकिस्तानका छन् । माल्दिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा मारिएका पत्रकारका परिवारले न्यायसमेत नपाएको उल्लेख छ ।

पत्रकार सुरक्षाका दृष्टिकोणले विश्वमै दक्षिण एसिया खतराको क्षेत्रमा रहेको र यो लज्जास्पद भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघले जनाएको छ ।

दक्षिण एशियाली मुलुकमा पत्रकारविरुद्धको दण्डहीनता मौलाए भएपनि यसको अन्त्यका लागि ती मुलुकका सरकारहरूले कुनै ठोस कदम नचाल्दा पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको प्रतिवेदनमा औँल्याइएको छ । (न्युज २४बाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्