स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

<span class='c1'>स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि</span> <span class='c2'>चार अर्ब निकासा</span>

काठमाडौँ । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि रू ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रू २४ करोड रहेको अर्थमन्त्रालयले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्