विश्व प्रेस स्वतन्त्रता दिवस : विराटनगरमा पत्रकार आक्रमणका कुरा

<span class='c1'>विश्व प्रेस स्वतन्त्रता दिवस :</span> <span class='c2'>विराटनगरमा पत्रकार आक्रमणका कुरा</span>

विराटनगर, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवस बिबिध कार्यक्रमको आयोजना गरि देशभर मनाईँदै छ । विराटनगरमा पनि नेपाल पत्रकार महासंघ मोरङको अगुवाइृमा प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा विराटनगरमा र्याली निकालीएको छ ।
नेपाल पत्रकार महासंघबाट शुरु भएको र्याली हिमालय रोड हुँदै, महेन्द्रचौक, शनी मन्दीर हुँदै बि–प्लट निस्किएर ट्राफिक चोकबाट पत्रकार महासंघ आएको थियो । प्रभातफेरी पछि भएको कोणसभामा बोल्दै पत्रकारहरुले पत्रकारीता अहिले पनि स्वतन्त्र हुन नसकेको बताए ।
प्रेस स्वतन्त्रताको कुरा गरेपनि अझै पत्रकारहरु भय र त्रासमा पत्रकारिता गर्नुपर्ने बाध्यताले पत्रकारीता समस्यामा रहेको बताएका हुन । हिजो मात्र जिल्ला अदालतमा सुन तस्करीका अभियुक्त दिवेश लोहनीबाट भएको पत्रकार माथिको आक्रमणको बिषयमा पनि पत्रकारहरुले कार्वाहीको माग गरे । कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकारलाई स्वतन्त्र पुर्वक कलम चलाउन कसैले रोक्न नसक्ने औल्याए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारीका लेखा आयोग संयोजक बिक्रम लुईटेल, प्रेस सेन्टरका सचिव विवेक गौतमले पत्रकारहरुले झेल्दै आएका समस्याको बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्