३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको  बयान सुरु

३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको  बयान सुरु

 विराटनगर, २० वैशाख  । ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको  बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो । उक्त इजलास जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको हो । जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकका अनुसार नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचराी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको छ ।

यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिउको थियो । प्रतिवादी मध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्