विराटनगर, २० वैशाख ।
३३ किलो सुनसँग जोडिएको सनम शाक्य हत्याको घटनामा आजदेखि जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । आज विहान जिल्ला अदालत मोरङले ४ जना न्यायाधीश बिचमा गोलाप्रथा गर्दा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ईजलाशले मुद्दा हेर्ने छ । मृद्दाको ईजलाश तोकिएसँगै अदालतका ६ जना कर्मचारीले आजै देखि सुनसँग जोडिएका र हत्यामा संलग्न भएका ब्यक्तिसँग बयान लिन शु्रु गरेको हो । सनम शाक्यको हत्या भएको गाडी लिएरका आएका ३ जना सहित अन्य ३ जना हत्यामा संलग्न रहेका थिए । उनीहरुसँग बयानको काम शुरु भएको हो । अदालतले राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदन प्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीसँग आज बयाल लिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
बयान लिनको लागि निश्चीत अभियुक्तलाई मात्र अदालत ल्याउने गरिएको छ । मुद्दाको थुनछेक नहुँदासम्मका लागि बयान लिने क्रम चल्ने र करिब एक सय बढी वकिलबाट यो मुद्दासँग जोडिएका ब्यक्तिका सम्बन्धमा बयान हु्ने श्रेस्तेदार दुलालले बताए ।