विराटनगरबाट चल्ने लामो दूरीका सवारीसाधन व्यावसायीले भोलीदेखिठप्प पार्ने

<span class='c1'>विराटनगरबाट चल्ने लामो दूरीका</span> <span class='c2'>सवारीसाधन व्यावसायीले भोलीदेखिठप्प पार्ने</span>

प्रेम देवान
विराटनगर २० बैशाख । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पार्ने भएको छ । सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध आन्दोलनमा उत्रिएका व्यावसायीहरूद्धारा भोलीदेखि विराटनगरबाट चल्ने लामो दूरीकासबै सार्वजनिक बसहरु ग्यारेजमा थन्क्याउने भएका हुन । पूर्व नेपाल यातायत व्यावसायी संघ मोरङका अध्यक्ष राजन कडेलले आवर विराटनगरसँग कुरा गर्दै भने, सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको केन्द्रिय कार्यलयको घोषणा अनुसार हामीले भोलीदेखि विराटनगरबाट चल्ने लामो तथा छोटा दुरीका गाडी ठप्प पार्ने निर्णयगरेका छौ ।
सरकारले ल्याएको नीति विरुद्ध एक दिन साङकेतिक रुपमा सबै गाडी घर र ग्यारेजमा थन्क्याउने यस अघि नै यातायात ब्यवसायी महासंघले निर्णय गरेको पुर्वघोषित कार्यक्रम हो । हाम्रो माग सरकारले सुनवाई नगरे आगामी बैशाख २७ गतेबाट अनिस्चीत कालिन यातायात ठप्प पार्ने कडेलले चेतावनी दिए ।
ग्यारेजमा थन्काउने गाडीको रुट परमिट खारेज गरिदिने सरकारी चेतावनीका बाबजुद समितिहरूले देशभर लामो दूरीमा यातायात बन्द गर्दा यात्रुहरूले सास्ती भोग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्