महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकका कारण एक महिना देखि पढाई ठप्प

<span class='c1'>महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकका</span> <span class='c2'>कारण एक महिना देखि पढाई ठप्प</span>

विराटनगर, २१ वैशाख ।
एक नम्बर प्रदेशकै पुरानो र सबैभन्दाठुलो क्याम्पसको रुपमा पहिचान बनाएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक महिना देखि पठन पाठन ठप्प भएको छ । आंशिक शिक्षकलले आन्दोलन भन्दै कक्षा बहिस्कार गरेपछि पठन पाठन प्रभावित भएको हो । विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकारको हनन् गरेको भन्दै क्याम्पस प्रशासनसँग आक्रोश ब्यक्त गरेका छन् । औपचारिक रुपमा बुधवारदेखि आंशिक प्राध्यापकहरुले अध्यापनको काम वहिस्कार गरेपनि एक महिना अघि देखि नै राम्रोसँग पढाई भएको छैन । विद्यार्थीका अनुसार, शिक्षक नआउने, आएपनि बिभिन्न कारण देखाउँदै बाहिरिने गरेका छन् । त्रिभुवन विश्वबिद्यालय अन्तरगत रहेका क्याम्पसका शिक्षकको ब्यवस्थापनमा ध्यान नदिँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको हो । क्याम्पसमा संचालित सम्पुर्ण संकायमा अधिकतम कक्षा आंशिक शिक्षकले लिईरहेका छन् । तर उनीहरु आफ्ना माग पुरा गराउन बहानामा कक्षाकोठा बहिस्कार गर्दै पठन पाठन नै प्रभावित पार्दै आएका छन् । आंशिक्ष प्राध्यापक संघ ईकाई समितिकी संयोजक सजना दाहालले न्युनतम श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक पनि नदिएको कारण आन्दोलन गर्न बाध्य भएको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्