विरारटनगरमा यातायात व्यवसायीको दादागिरी, सिण्डिकेट गर्न नपाएपछि गाडी बन्द

<span class='c1'>विरारटनगरमा यातायात व्यवसायीको दादागिरी, सिण्डिकेट</span> <span class='c2'>गर्न नपाएपछि गाडी बन्द</span>

विराटनगर २१ बैशाख । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेको छ ।
सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध आन्दोलनमा उत्रिएका व्यावसायीहरूद्धारा आज बिहानैदेखि विराटनगरबाट चल्ने लामो दूरीकासबै सार्वजनिक बसहरु नचलाएका हुन ।
सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको केन्द्रिय कार्यक्रम अनुसार ब्यवसायीले विराटनगरबाट चल्ने गाडी ठप्प पारेका ह्न ।
सरकारले ल्याएको नीति विरुद्ध एक दिन साङकेतिक रुपमा सबै गाडी घर र ग्यारेजमा थन्क्याउने यस अघि नै यातायात ब्यवसायी महासंघले निर्णय गरेको पुर्वघोषित कार्यक्रम हो । हाम्रो माग सरकारले सुनवाई नगरे आगामी बैशाख २७ गतेबाट अनिस्चीत कालिन यातायात ठप्प पार्ने ब्यवसायीले चेतानवनी दिँदै आएका छन् । ग्यारेजमा थन्काउने गाडीको रुट परमिट खारेज गरिदिने सरकारी चेतावनीका बाबजुद समितिहरूले देशभर लामो दूरीमा यातायात बन्द गर्दा यात्रुहरूले सास्ती पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्