फेसबुकको नयाँ डेटिङ एपले यसरी काम गर्छ …

फेसबुकको नयाँ डेटिङ एपले यसरी काम गर्छ …

बीबीसी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना २० करोड एकल (सिंगल) प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै एउटा डेटिङ एप लञ्च गर्ने तयारी गरेको छ ।

फेसबुकका संस्थापक मार्क जकरबर्गले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षिक एफ–८ कन्फ्रेन्सलाई सम्बोधन गर्दै भविष्यका कयौं नयाँ योजनाहरुका बारेमा जानकारी दिएका छन् । जसमा उनले फेसबुक डेटिङ एपको पनि जिकिर गरेका छन् ।

उनले म्याच–मेकिङ फीचर अन्तर्गतको डेटिङ एप बनाउँदा व्यक्तिगत विवरणका बारेमा पूर्ण रुपले ध्यान दिने र चाँडै यसलाई लञ्च गरिने बताए । जकरबर्गले फेसबुकमा आफूलाई सिंगल अवस्थामा रहेको भन्ने २० करोड प्रयोगकर्ताहरु रहेको पनि जानकारी दिए ।

‘यदि हामी साच्चै नै अर्थपूर्ण सम्बन्ध जोड्नका लागि संवेदनशील छौं भने सम्भव छ कि यो एप हामी सबैका लागि अत्यन्तै अहम हुनेछ ।’’ उनले भने । अहिलेको समयमा डेटिङ एपको नाममा युवा माझ टिंडर लोकप्रिय छ । टिंडरले प्रयोगकर्ताको प्रोफाइल इन्फर्मेशन फेसबुकबाट लिन्छ ।

अनलाइन डेटिङ
कन्फ्रेन्समा जकरबर्गले फेक न्यूजसँग लड्न कम्पनीले गरिरहेको प्रयासका बारेमा पनि जानकारी दिएका छन् ।

डेटिङ एपको जिकिर गर्दै उनले यो फीचर निर्माण गर्दा एपको माध्यमबाट जोडिने प्रयोगकर्ताहरुलाई साचो र टिकाउ सम्बन्ध राख्न र मोजमस्तीका लागि मात्रै सम्बन्ध नगाँस्न सुझाव दिने कुराहरुलाई ध्यान दिइने पनि दावी गरेका छन् ।

फिचरमा के–के हुन्छ र यसले कसरी काम गर्छ ? 

यो डेटिङ टूल फेसबुक एप्लीकेशनमै हुनेछ तर वैकल्पिक हुनेछ । यदि प्रयोगकर्ताले यसको प्रयोग गर्न चाहे सबैभन्दा अघि उसले आफ्नो प्रोफाइल पूर्ण रुपमा भर्नुपर्नेछ । यसरी प्रोफाइल भर्दा प्रयोगकर्ताले डराउनु पर्ने अवस्था भने रहने छैन् किनकी यो जानकारी कतैबाट पनि न्यूज फीडमा देखिनेछैन । यसका साथै प्रयोगकर्ताले यो एप्स प्रयोग गरिरहेको बारेमा उसका फेसबुकमा जोडिएका कसैले पनि जानकारीसम्म पाउने छैनन् ।

यो टूलले सामाजिक सञ्जालमा एकअर्कासँग नजोडिएका (साथी नभएका) तर डेटिङ सर्भिस प्रयोग गरिरहेका व्यक्तिहरुलाई जोड्ने छ । वरीयताका अनुसार मेल खाने मात्रै यो टूलका प्रयोगकर्ताको प्रोफाइलमा देखिनेछन् ।

के–के देखिने छ ?

डेटिङ टूलको प्रयोगकर्ताको केवल नाम, फोटो, बस्ने स्थान र सामान्य जानकारीहरुमात्रै देखिने छन् । जसबाट मन पर्ने–नपर्ने बारेमा पत्ता लाग्ने छ । यसमा प्रयोगकर्ताको मन पर्ने कुराहरुसँग जोडिएका पलहरु र समूहको बारेमा पनि जानकारी मिल्नेछ ।
यदि त्यो समूहमा प्रयोगकर्ताको रुचिसँग मेला खाने अर्को प्रयोगकर्ता भए उसँग कुराकानी अगाडि बढाउन सक्छ । यसो गर्दा रुचि मेल खाने व्यक्तिले पनि ति प्रयोगकर्तासँग रुचि देखाए एक प्राइभेट भ्याट बक्स खुल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्