ट्वीटरको प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

ट्वीटरको प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

वासिंटन, वैशाख २१ । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् ।

डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ ।

सो कम्पनीले आफ्नो आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।

हालै विद्यमान पासवर्डमा ‘बग’को समस्या देखिएको र त्यो समाधान भइसकेको जानकारी दिदैं उसले एकपटक पासवर्ड परिवर्तन गर्न प्रयोगकर्तालाई सुझाव दिएको हो ।

प्रयोगकर्ताको डाटा सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो सुझाव दिइएको पनि ट्वीटरले प्रष्ट पारेको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्