यस्तो देखियो बिराटनगरमा सवारीसाधन बन्दको दृश्य (फोटो फिचर)

<span class='c1'>यस्तो देखियो बिराटनगरमा सवारीसाधन</span> <span class='c2'>बन्दको दृश्य (फोटो फिचर)</span>

सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले आज देखि लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका छन् ।

सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ ।

यस्तो देखियो बिराटनगरमा :

शुक्रबार बिहान बिराटनगर लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । बिराटनगर बसपार्कमा गाडीहरु थन्काइएका छन् भने यात्रीहरु गाडी कुरेर बसेको पनि देखियो । धेरै यात्रीहरु बिराटनगर बसपार्कमा यताउता भौतारिदै गरेको दृश्य सामान्य बनिसकेको थियो बिहानको ११ बजे सम्म। बिराटनगरमा निजि सवारीसाधन भने चलिरहेको अवस्था छ ।

सवारीसाधन नचलेपछि यात्रुहरु सिटि सफारी , टेम्पो , निजि जीपमा समेत यात्रा गरिरहेको पाइएको छ । केहि यात्रुहरु लिफ्ट मागेर मोटरसाइकल वा निजि गाडीमा समेत चढेर गन्तव्यमा पुग्न सकस गरिरहेको दृश्य पनि देखिएको छ ।

बिराटनगरबाट धरान अफिस पुग्नुपर्ने बिराटनगरकि नितिक्ष्या कोइराला सवारीसाधन नचलेपछि अफिस जान नपाएको गुनासो गर्दैथिइन् । बैदेशिक रोजगारको  शिलशिलामा काठमाडौं कागज बनाउन जाने तयारी गरेर रंगेलीबाट बिराटनगर बसपार्क आएका रोशन कुमार शाह पनि सवारीसाधन बन्द भएर गन्तव्यमा पुग्न नसकेको गुनासो गर्दै थिए ।

यस्तै इटहरी अफिस जान सडकमा सवारी कुरिरहेका बिबेक न्यौपाने पनि निरास भएर घर फर्कन लागेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्