सिन्डिकेट पक्षधर यातायात व्यवसायीको रुट परिमिट ‘खारेज’, हड्ताल नगर्ने प्रतिबद्धता जनाए मात्रै गाडी चलाउन पाइने

<span class='c1'>सिन्डिकेट पक्षधर यातायात व्यवसायीको रुट परिमिट ‘खारेज’, हड्ताल</span> <span class='c2'>नगर्ने प्रतिबद्धता जनाए मात्रै गाडी चलाउन पाइने</span>

काठमाडौं, २१ वैशाख– सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयविरुद्ध उत्रिएका व्यवसायीको रुट परमिट खारेज गर्ने कार्य शुरु भएको छ । सरकारले काठमाडौंको नयाँ बसपार्क–सामाखुसी हुँदै पुरानो बसपार्कमा गुड्ने माइक्रो बसको रुट परमिट खारेज गरेको छ ।

यस्तै सिनामंगलदेखि सुन्धारा (एनएसी) चल्ने २६ वटा माइक्रो बसको रुट इजाजत पनि खारेज गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । खारेज गरिएको रुटमा नयाँ इजाजतका लागि आवेदन खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै आज (शुक्रवार) देशभर यातायात ठप्प पारेका यातायात व्यवसायीको इजाजत पनि निलम्बन गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीले आगामी दिनमा हड्ताल नगर्ने सम्झौता गरे मात्रै रुट परिमिट खुला गरिने बताए ।

‘देशभर यातायात सेवा ठप्प पारेका सबै यातायात व्यवसायीको विवरण शंकलन गने कार्य भइरहेको छ,’ शुक्रवार गृहमन्त्रालयमा आयोजित छलफल पछि बोल्दै मन्त्री महासेठले भने, ‘यातायात व्यवसायीसँग आगामी दिनमा कुनै पनि प्रकारको बन्द हड्ताल नगर्ने सम्झौता हुन्छ । उहाँहरुले सम्झौता गर्न मान्नुभयो भने मात्रै रुटपरमिटमाथिको निलम्बन फुकुवा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्